कसरी घटाउने मोटोपन ?

मंगलबार, १२ चैत्र २०७५, २१ : १३
कसरी घटाउने मोटोपन ?

अनियन्त्रित रक्तचाप (ब्लडप्रेसर) तथा मधुमेह (सुगर) बाहेक धूम्रपान, मद्यपानको अधिक सेवन, शारीरिक व्यायामको कमी, तनावग्रस्त जीवनशैली एवं धेरै मात्रामा तारिएको, पोलेको, भुटेको खानेकुराको सेवनका साथै जंक फुड, चिल्लो पदार्थ तथा गुलियो पदार्थको सेवनले मोटोपन निम्त्याउँछ। जसले गर्दा युवा उमेरमै मुटुको समस्याले पिरोल्न थाल्छ। 

मुटुको समस्या मात्र नभई शारीरिक तौललाई सन्तुलित राख्न सकेको खण्डमा मधुमेह, उच्च रक्तचाप, युरिक एसिड, कोलस्टेरोल, नशा, आँखा, मिर्गौलाको समस्या जस्ता थुप्रै खाले नसर्ने प्रकारका रोगबाट बच्न सकिन्छ। मोटोपन आजको विश्वको जल्दोबल्दो स्वास्थ्य समस्या हो। विकसित मुलुक तथा कतिपय विकासोन्मुख देशमा जस्तै दक्षिण एसियामा पनि मोटोपनको समस्या बढ्दो छ।

मानव शरीरको लम्बाइ र शारीरिक संरचनाअनुसार शरीरको तौल हुनुपर्छ। आफ्नो शरीरको तौल ठिक्कको छ÷छैन थाहा पाउने सरल तरिका बडी मास इन्डेक्स (बीएमआई) नै हो। शरीरको तौल (किलोग्राम) लाई शरीरको उचाइ (सेन्टिमिटर) ले दुई पटक भाग गर्दा निस्किने योगफल नै बीएमआई हो। यदि शरीरको तौल तथा उचाइको हिसाब गर्दा ३० किग्रा प्रति वर्ग मिटरभन्दा बढी भएमा मोटोपनको समस्या भएको बुझिन्छ। अर्को तरिकाअनुसार सेन्टिमिटर स्केलबाट आफ्नो शरीरको उचाइमा सय घटाउँदा आउने शेष आफ्ना लागि सही तौल हुन्छ।

बीएमआईको आधारमा शारीरिक तौलको वर्गीकरण गर्दा बीएमआई २९.९ भन्दा बढी हुनु हुँदैन। सामान्य बीएमआई भएकाले पनि दैनिक करिब आधा घण्टा व्यायाम गर्दा केही बिग्रँदैन। १८.५ देखि २४.९ सम्म सामान्य, २५ देखि २९.९ सम्म बढी तौल, ३० भन्दा माथि मोटो व्यक्तिका रूपमा वर्गीकृत गरिन्छ। त्यसो त १८.५ भन्दा कम हुनु पनि राम्रो मानिँदैन।

कति तौललाई अधिक मान्ने र कहिलेदेखि तौल घटाउन थाल्ने भन्ने सवालमा बीएमआईका साथै कम्मरको घेराको नापलाई पनि उत्तिकै ध्यान दिनुपर्छ। यदि महिलाको कम्मरको घेरा ३२ इन्च र पुरुषको कम्मरको घेरा ३५.६ इन्चभन्दा कम छ भने चिन्ता लिनुपर्दैन। 

कम्मरभन्दा माथिको भाग मोटो हुनु र कम्मरभन्दा मुनि मोटोपन हुने गरी दुई खालको मोटोपनमध्ये पेटमा बोसो लाग्ने खालको मोटोपन अर्थात् स्याउ आकारको मोटोपन (पहिलो खाले मोटोपन) बढी हानिकारक हुन्छ। अनुभवी चिकित्सकका अनुसार पेटको आकारभन्दा पुट्ठाको आकार ठूलो हुनु राम्रो हुन्छ। धूम्रपान गर्ने व्यक्तिमा धेरैजसो स्याउ आकारको मोटोपन विकास हुन्छ। सम्पूर्ण बाट 

प्रतिक्रिया दिनुहोस