आमा बनेपछि पनि फिट रहने यस्ता छन् पाँच उपाय

पत्रपत्रिकाबाट

मंगलबार, १२ चैत्र २०७५, ०७ : ५२
आमा बनेपछि पनि फिट रहने यस्ता छन् पाँच उपाय

१ सुत्केरी भएपछि बढेको वजनलाई छिट्टै कम गर्न चाहने महिलाले प्रशस्त पानी खानुपर्छ। शरीरमा भरपूर पानीको मात्रा भएमा वजन सजिलै घट्छ। दिनमा कम्तीमा पनि ८–१० गिलास पानी खानुपर्छ। यसले शरीरमा रहेको विषाक्त पदार्थ र अतिरिक्त बोसोलाई हटाउन मद्दत गर्छ।

२ कम बोसो र चिनी भएको खाना खानुपर्छ। पोषणयुक्त खाना खानुपर्छ। जंकफुड, फास्टफुटबाट टाढा रहनुपर्छ। हरियो सागपात, तरकारी, फलफूल, दुग्ध पर्दाथमा जोड दिनुपर्छ।

३ सन्तुलित आहारसँगै योग र व्यायामले पनि वजन घटाउन मद्दत गर्छ। यसले तनाव र अनिद्राको समस्या हटाउँछ। आफूलाई फिट राख्न योग गर्नुपर्छ। स्विमिङ, जगिङ आदि पनि गर्न सकिन्छ।

४ शिशुका लागि स्तनपान अमृत हो। स्तनपान गराउनु आमाका निम्ति पनि लाभकारी छ। यसले बढेको वजन घटाउन मद्दत गर्छ। नियमित स्तनपान गराउनुपर्छ।

५ उचित खानपिन, व्यायामसँगै पर्याप्त निद्रा पनि आवश्यक छ। शिशुको हेरचाहमा आमाले त्यति सुत्न पाउँदैनन्। जसले गर्दा भोकमा नियन्त्रण गर्ने हर्मोनमा असर पर्छ र धेरै खान मन लाग्छ। ‘ओभर इटिङ’ले वजन बढ्छ। पर्याप्त निद्रा पुग्यो भने धेरै खाने समस्या देखिँदैन। सम्पूर्ण बाट 

प्रतिक्रिया दिनुहोस