युट्युबबाटै लोकसेवा तयारी कक्षा सञ्चालन

सोमबार, ०१ माघ २०७४, १२ : ५७
युट्युबबाटै लोकसेवा तयारी कक्षा सञ्चालन

काठमाडौं । लोकसेवा अध्ययन गर्न चाहाने विद्यार्थीले अब घरमै बसेर पनि आईक्यू क्लास लिन सक्ने भएका छन् । लोकसेवा तयारी कक्षा अध्यापन गराउँदै आएका शिक्षक तुलसीराम ढकालले लोकसेवा पढ्न चाहनेहरुप्रति   लक्षित गरेर युट्युबमा आईक्यूका नयाँ नयाँ टिप्सहरु सार्बजनिक गर्ने गरेका छन् ।

राजधानीका विभिन्न कलेज तथा कन्सल्टेन्सीमा अध्यापन गराइरहेका ढकालले कक्षाकोठा सम्म आउन नभ्याउने तथा घरमै बसरे अध्ययन गर्न चहने विद्यार्थीका लागि युट्युबबाटै पढाउन लागेका हुन् ।

ढकालले २०७३ सालदेखि लोकसेवा तयारी कक्षाको भिडियो सार्वजनिक गरिरहेका छन् । आफुले निर्माण गरेका भिडियोमा जटिल प्रश्नको उत्तर पनि सरल तरिकाले प्रस्तुत गरिएको उनको दाबी छ ।

यसरी आयो सोच
कामको सिलसिलामा ढकाल पाल्पा पुगेका थिए । एउटा चिया पसलमा  चिया पिउन थाले । नजिकैका दुई महिलाले एकआपसमा कुराकानी गरिरहेको उनले सुने । उनीहरुले लोकसेवा पढ्न त मन लाग्ने इच्छा गरेका थिए । तर, समय र पैसाको अभावले गर्दा क्लास लिने समय नै नहुने उनीहरुको कुराकानी ढकालले सुने ।

र, ढकाललाई लाग्यो कि घरमै बसीबसी लोकसेवा पढ्न सकिने कुनै प्रविधि ल्याउन सके यस्ता विद्यार्थीलाई कति सजिलो हुन्थ्यो होला ?  

उनकी श्रीमतीले पनि लोकसेवा अध्ययन गर्ने क्रममा ढकाललाई  आइक्यूका प्रश्नहरु सोध्ने गर्दा सजिलैसँग सहज रूपमा उत्तर दिन सकेको देखेर श्रीमतीले नै उनलाई यस्तो काम गर्न सुझाव दिएको ढकाल बताउँछन् ।

उनको आफ्नै नाम 'तुलसीराम ढकाल' युट्युब च्यानलमा लोकसेवा तथा अन्य क्षेत्रमा आवश्यक पर्ने आईक्यू सम्बन्धी भिडियो हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस