सरकारले जनताको पक्षमा काम गरिरहेको छ : अध्यक्ष दाहाल

विहीबार, २४ माघ २०७५, ११ : १०
सरकारले जनताको पक्षमा काम गरिरहेको छ : अध्यक्ष दाहाल

भरतपुर । नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिनप्रति दिन जनताको पक्षमा कार्यक्रमहरु घोषणा भईरहेको बताउनुभएको छ ।
बिहिबार भरतपुर विमानस्थलमा प्रेस चौतारी र प्रेस सेन्टरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
“जनताको पक्षमा कार्यक्रमहरु घोषणा भईरहेको छ” उहाँले भन्नुभयो,“सरकारले गति लिईरहेकै छ । जनताको पक्ष एकपछि अर्को गर्दै नयाँ योजनाहरु ल्याई रहेका  छौ । सरकारको कामले निरन्तर गति पक्डिरहेको छ ।”
नेकपाका अध्यक्ष प्रचण्डले केही समयपछि विकास निर्माण लगायतका विभिन्न कामले अझैबढी गति लिने दाबी गर्नुभयो । उहाँले नारायणी र राप्ती नदीमा निर्माण हुने तटबन्धनसहितको रिङ रोडले यहाँको मुहार फेरिने भन्दै उहाँले भौतिक तथा पूर्वाधार मन्त्रालयले डिपिआर तयार पार्न बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।

बहुवर्षीय आयोजनाअनुसार अघि बढ्ने यो कामले जिल्लाको दिर्घकालिन तथा रणनीतिक महत्व राख्ने उहाँको भनाई छ । अध्यक्ष प्रचण्डले यो आयोजना देशकै विकाससँग जोडिएको काम भएको औल्याउनु भयो  ।

त्यस्तै अध्यक्ष प्रचण्डले माडीको जनताले झल्दै आएको समस्या समधान गर्न प्रधानमन्त्रीसँग महत्वपूर्ण समझदारी भएको छ । माडीमा ती समस्या रहदैनन् “उहाँले भन्नुभयो,“ माडीको समस्या समधान गर्न आवश्यक ऐनहरु बन्ने क्रममा छ । अब त्यहाँ रोकिएका विकास निर्माणका कामहरु अघि बढ्छ ।”

फरक प्रसंगमा प्रचण्डले भेनेजुयलामा अमेरिकी हस्तक्षेपका बिषयमा निकालेका विज्ञप्ति पार्टी र सरकारको आधिकारीक धारणा भएको दोहो¥याउनुभएको छ । भेनेजुयलाको सम्बन्धमा पार्टी र सरकारले एउटै धारणा पेस भएको छ,उहाँले भन्नुभयो,“यो एउटा राजनैतिक स्वतन्त्रताको वक्तव्य थियो। सार्वभौम सम्पन्न राष्ट्रको राजजैतिक घटना क्रममा बाहिर कसैको हस्तक्षेप नहोस भन्ने उदेश्यका साथ बक्तव्य निकालिएको थियो ।’

प्रतिक्रिया दिनुहोस