चितवनमा निर्माण हुने अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको आधिकारिक घोषणा आज

बुधबार, १६ माघ २०७५, ०६ : ३०
चितवनमा निर्माण हुने अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको आधिकारिक  घोषणा आज

भरतपुर । चितवनमा  निर्माण हुने अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको आधिकारिक घोषणा आज हुदैँछ ।चितवनको भरतपुर महानगरपालिका–१५ मा रहेको जग्गामा बन्ने रङ्गशालाको प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रिय सभागृहबाट औपचारिक घोषणा हुने भएको हो ।

त्रिभुवन विश्वविद्यालयको नाममा रही हाल कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दैआएको जग्गामा धुर्मुस सुन्तली फाउण्डेश्नले  रङ्गशाला निर्माण गर्नेछ। सोही कार्यक्रममा फाउण्डेशन र भरतपुर महानगरपालिकाबीच सहमतिपत्रमा हस्ताक्षर समेत गरिँदै छ । फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) का अनुसार महानगरपालिकाले उपलब्ध गराउने २० बिघा छ कठ्ठा जग्गामा रङ्गशाला बन्ने छ ।

रङ्गशालामा क्रिकेटसँगै अन्य विधाका खेलहरू पनि खेल्न सकिने गरी निर्माण गरिने उहाँले बताउनुभयो । सो रङ्गशालालाई एकेडेमिका रूपमा विकास गरिने लक्ष्य राखिएको छ । रङ्गशालाको गुरुयोजना बन्दै गरेकाले के कति खर्च र समय लाग्ने भन्ने विषय घोषणा कार्यक्रममा नै जानकारी दिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस