सरकारले अयोग्यता र नालायकीपन प्रदर्शन गरिरहेको छ:कांग्रेस नेता पौडेल

शुक्रबार, ०४ माघ २०७५, १३ : ४३
सरकारले अयोग्यता र नालायकीपन प्रदर्शन गरिरहेको छ:कांग्रेस नेता पौडेल

चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले अयोग्यता र नालायकीपनको पराकष्ट प्रदर्शन गरिरहेको आरोप लगाउनु भएको छ ।
भरतपुर विमानस्थलमा प्रेस युनियनले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “वर्तमान सरकारले अहिलेसम्म प्रदेशको राजधानी तोक्न, नामाकरण गर्न सकेको छैन ।”
देशमा संघियता कार्यान्वयन गर्न सरकार चुकेको भन्दै उहाँले कांग्रेस जिम्मेवार प्रतिपक्षीको भूमिका निर्वाह गर्न तयार रहेको बताउनुभयो । लोकतन्त्रको रक्षाका लागि नेपाली कांग्रेसले स्थानिय तहदेखि केन्द्रसम्म जवरजस्त भूमिका निर्वाह गर्ने पौडेलले जानकारी दिनुभयो  ।
“नेपालको सुशासनमाथि नै ठूूलो ब्याङग्य भएको छ”,उहाँले भन्नुभयो,“वाइड वडी, सुनकाण्ड जस्ता भष्टचार एका–एक आगाडि आइरहेका छन् ।”
उहाँले वाइड वडी र सुन काण्डमा कुनै पनि पार्टीको नेता जोडिएको भएपनि सही छानविन हुनुपर्ने बताउनुभयो । भष्ट्रचारलाई ढाकछोप गर्न वर्तमान सरकार लागिपरेको उहाँको भनाई छ । पौडेलले कम्युनिष्ट सरकारले नेपालगञ्जमा बन्न लागेको सुशिल कोइराला क्यान्सर अस्पताल नेपालगञ्जको लगभग विगठनतर्फ लान खोजेको भन्दैे आपत्ती जनाउनु भयो ।
नेता पौडेलले अनसनरत डा गोविन्द केसीसँग भएको सम्झौता कार्यन्वयन अहिलेको सरकारले वेवास्था गरिरहेको उल्लेख गर्नुभयो । “देशमा यस किसिमको लापरवाहीको साशन चल्दैन”,उहाँले भन्नुभयो,“जनताको आवजलाई सधै दबाएर सरकार अगाडि बढ्न सकिदैन । सरकार ठिक बाटोमा ल्याउन नेपाली कांग्रेस कम्मर कसेर लाग्छ ।”

प्रतिक्रिया दिनुहोस