स्वास्थ्यमा समस्या आएपछि डा केसीलाई अस्पताल लगियो

सोमबार, ३० पुस २०७५, ११ : १८
स्वास्थ्यमा समस्या आएपछि डा केसीलाई अस्पताल लगियो

काठमाडौँ । सहमति विपरीत चिकित्सा विधेयक पारित गरेको भन्दै १६ औ अनसनरत डा।गोविन्द केसीलाई अस्पताल लगिएको छ । डा कसीको मुटुको गति अनियमित भएर स्वास्थ्यमा जटिलता देखिएपछि उनलाई सोमबार बिहान इलाम अस्पतालमा लगिएको हो ।

चिकित्सक रामकृष्ण आचार्यका अनुसार डा। केसीको दाहिने फोक्सोमा हावा कम भएर बेला–बेला मुटु तेज धड्किने तथा रोकिने भएकाले अस्पताल लगिएको हो । उनका अनुसार डा।केसीको छात्तीमा संक्रमण भएको तथा टन्सिलले घाँटी सुन्निएको छ । 

आइतबार नै गरिएको परीक्षणमा डा।केसीको मुटुको गति अनियमित भइ अस्पताल लैजानुपर्ने अवस्था आएपनि उनी अस्पताल जान मानेका थिएनन् । 
तर केसीको अवस्था थप गम्भीर भएपछि उनलाई एम्बुलेन्समा राखेर इलाम अस्पताल र्पुयाइएको हो। डा। केसीले समर्थकलाई हात हल्लाएर अभिवादन गरेका थिए ।

गत पुस २५ गते संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले विधेयक पारित गर्दा आफूसँगको सम्झौता उल्ल्ंघन भएको भन्दै डा।केसी सोही दिनबाट इलाम सदरमुकामको एक घरमा १६ औ अनसन सुरु गरेका थिए ।
 

प्रतिक्रिया दिनुहोस