काठमाडौ । अब सीजी टेलिकमलाई पनि पनि मोबाइल सेवा सञ्चालनका लागि बाटो खुलेको छ । सर्वोच्च अदालतले सीजी कम्युनिकेसन प्रालि -सिजि टेलिकम) लाई मोबाईल सेवा सञ्चालनको अनुमति प्रदान गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायधीश दीपकराज जोशीको एकल इजलासले उक्त आदेश दिएको हो ।
अदालतको यो आदेशपछि सिजि टेलिकमको मोबाईल सेवा सञ्चालनमा ल्याउने बाटो खुलेको छ । प्राधिकरणले सिजि टेलिकमलाई कानूनविपरित मोबाईल सेवा सञ्चालनमा अवरोध गर्दै आएको थियो । सिजि टेलिकमलाई मोवाईल सेवा सञ्चालन अनुमति दिने सरकारको निर्णयलाई समेत प्राधिकरणले लत्याउँदै आएको थियो ।
सिजि टेलिकमलाई मोवाईल सेवाका लागि फ्रिक्वेन्सी उपलब्ध गराउनुपर्ने स्वभाविक प्रक्रियालाई अबरूद्ध पार्दै प्राधिकरणले गत पुस ४ गते फ्रिक्वेन्सी लिलाम बढाबढका लागि सूचना प्रकाशित गरेपछि यसका विरूद्ध सिजि टेलिकम सर्वोच्च अदालत गएको थियो । अदालतले पुस १० मा आन्तरिम आदेश जारी गर्दै उक्त कम्पनीले सरकारबाट मोवाईल सेवा सञ्चालनको अनुमति प्राप्त गरिसकेकाले कार्यान्वयनमा कुनै बाधा अवरोध नगर्नू भन्ने आदेश दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ पुस २०७५, १८ : ३८
लेखकबाट थप