ठेकेदारलाई पैसा माग्दै धम्काएको आरोपमा राप्रपा (प्रजातान्त्रिक) नेता पक्राउ

विहीबार, २० पुस २०७४, १९ : ४७
ठेकेदारलाई पैसा माग्दै धम्काएको आरोपमा राप्रपा (प्रजातान्त्रिक) नेता पक्राउ

काठमाडौं । राप्रपा प्रजातान्त्रिकका नेता महेन्द्र लामा आज विहिबार पक्राउ परेका छन् । उनलाई ठेक्का पट्टा मा गुण्डागर्दी गरेको आरोपमा पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

ठेक्का पट्टाकै काममा उनले सिन्धुपाल्चोकको एक  ठेकेदारलाई  सिंचाई सम्बन्धी २२ लाखको ठेक्कामा ५ लाख रुपैया माग्दै धम्काएको आरोप छ ।  उनले पठाएका समुहले काम भइरहेको फिल्डमा एक्कासी तोडफोड गरेको उजुरी परेको थियो ।

सिंचाईसम्बन्धि एक करोड २२ लाखको ठेक्कामा उनले ५ लाख रुपैयाँ मागेको महाशाखामा परेको उजुरीमा उल्लेख छ। लामालाई प्रहरीले सार्वजनिक अपराध मुद्दामा कारबाही अघि बढाउने जनाएको छ। विगतमा पनि उनले ठेक्कामा आफ्नो ‘भाग’ माग्ने गरेको प्रहरीले जनाएको छ। लामा आफैं पनि ठेकदार हुन् । (रासस)

प्रतिक्रिया दिनुहोस