काठमाडौँ । धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक एक बिन्दुले बढेर आज एक हजार १८२ दशमलव ७४ बिन्दुमा पुगेको छ ।
यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत शून्य दशमलव ३५ बिन्दुले बढेर २५१ दशमलव ४६ बिन्दुमा पुगेको छ ।
स्टकका अनुसार आज कूल १५१ कम्पनीको आठ लाख ५२ हजार ७६८ कित्ता शेयर रु २६ करोड ८८ लाख ८४ हजार २७२ मूल्यमा खरीद बिक्री भएको हो । कारोवार भएका कूल दश उपसमूहमध्ये पाँच उपसमूहको शेयर कारोवारमा वृद्धि भएको छ भने पाँच उपसमूहको शेयर भने घटेको छ ।
बैंकिङ १ दशमलव २२, विकास बैंक ८ दशमलव १३, वित्त शून्य दशमलव ९५, अन्य दुई दशमलव २७, जीवन बीमा ३० दशमलव ६५ बिन्दुले बढेको छ ।
यस्तै होटल २२ दशमलव ९३, जलविद्युत् ११ दशमलव ८७, निर्जीवन बीमा ७ दशमलव ४, उत्पादन ९ दशमलव ३४ र माइक्रोफाइनान्स शून्य दशमलव ८५ बिन्दुले घटेको छ । सामान्य अङ्कले वृद्धि भएको बजारमा साङ्ग्रिला विकास बैंक, साइन रेसुङ्गा विकास बैंक र नवील समृद्धि फण्ड एकका लगानीकर्ताले कमाएका छन् भने एभरेष्ट इन्स्योरेन्स कम्पनी, नयाँ नेपाल लघुवित्त वित्तीय संस्था, हिमालय पावर पार्टनर कम्पनीका लगानीकर्ताले भने गुमाएका छन् । (रासस)
प्रतिक्रिया दिनुहोस