विश्व टी–२० नयाँ बरियतामा नेपालका यी तीन खेलाडी अटाए

मंगलबार, २७ कार्तिक २०७५, ०८ : १८
विश्व टी–२० नयाँ बरियतामा नेपालका यी तीन खेलाडी अटाए

आइसीसीले सार्वजनिक गरेको पछिल्लो विश्व टी–२० नयाँ बरियतामा नेपालका तीन खेलाडी अटाएका छन् । शीर्ष १०० भित्र अटाउने खेलाडीमा पारस खड्का, सोमपाल कामी र बसन्त रेग्मी छन् । यसअघि शीर्ष १०० को वरियतामा परेका शरद भेषवाकर बाहिरीएका छन् ।

आइतबार आइसिसिले सार्वजनिक गरेको नयाँ बरियता अनुसार नेपालका कप्तान पारस खड्का ब्याटिङतर्फ ९३ औं स्थानमा छन् ।

ब्याटिङ तर्फ यसअघि बरियतामा रहेका शरदले आफ्नो बरियता गुमाएका छन्। उनलाई भारतीय खेलाडी रिशव पन्तले रिप्लेस गरेका हुन् ।

यसको शीर्ष स्थानमा पाकिस्तानका बाबर आजम छन् । यस्तै टी–२० को बलिङतर्फ बसन्त रेग्मी केही स्थान तल झर्दै ७५ औं स्थानमा पुग्दा सोमपाल कामी ९४ औं स्थानमा यथावत छन् । बलिङको शीर्ष स्थानमा अफगानिस्तानका राशिद खान छन् ।

यता अलराउण्डमा पारस ४१ औं स्थानमा छन् भने सोमपाल ६४ औं स्थानमा छन् । शीर्ष स्थानमा अष्ट्रेलियाका ग्लेन म्याक्वेल छन् ।

प्रतिक्रिया दिनुहोस