लुम्बिनीेलाई विश्वकै पर्यटकीय गन्तव्य बनाउन सकिन्छ : चिनियाँ राजदूत

आइतबार, २५ कार्तिक २०७५, १९ : १२
लुम्बिनीेलाई विश्वकै पर्यटकीय गन्तव्य बनाउन सकिन्छ : चिनियाँ राजदूत

बुटवल । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले नेपालका लागि चिनियाँ राजदूत यु होङसँग आज बुटवलस्थित मुख्यमन्त्री कार्यालयमा भेटी आफ्नो प्रदेशमा पर्यटन विकास र कृषि उत्पादनका विषयमा चिनियाँ अनुभव आफ्नो सरकारका लागि काम लाग्ने बताउनुभएको छ । उहाँले चिनियाँ रेल काठमाडांैँ हुँदै लुम्बिनी छिट्टै आउने विश्वास पनि व्यक्त गर्नुभयो । 

राजदूत होङले नेपालमा कृषिको विकासमा चीनले सहकार्य गर्दै आएको र आगामी दिनमा पनि अझै बढाइने बताउनुभयो । धेरै चिनियाँको मनमा रहेको लुम्बिनीेलाई विश्वकै आकर्षक पर्यटकीय गन्तव्य बनाउन सकिने विश्वास व्यक्त गर्दै उहाँले विकासमा चिनियाँ अनुभव र प्रविधि आदानप्रदान गरी अघि बढ्न चीन तयार रहेको स्पष्ट गर्नुभयो 
चिनियाँ राजदूतले उपयुक्त समयमा चीनको भ्रमणका लागि मुख्यमन्त्रीलाई निमन्त्रणासमेत गर्नुभएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिनुभयो । भेटका अवसरमा प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरी, प्रतिनिधिसभा सदस्य सुजिता शाक्य, प्रदेश सरकारका प्रमुख सचिव डा तीर्थ ढकाललगायतको सहभागिता थियो । (रासस)

प्रतिक्रिया दिनुहोस