कांग्रेसले रचनात्मक र सङ्घर्षशील कार्यक्रम गर्ने : बालकृष्ण  खाँड

बुधबार, २१ कार्तिक २०७५, १३ : ३४
कांग्रेसले रचनात्मक र सङ्घर्षशील कार्यक्रम गर्ने : बालकृष्ण  खाँड

जनकपुरधाम । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँडले प्रदेश सरकारलाई अख्तियारी दिने र सङ्घीयता कार्यान्वयन सन्दर्भमा प्रधानमन्त्रीको गम्भीर्यता नदेखिएको बताउनुभएको छ । 

नेपाल प्रेस युनियन धनुषा शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतिनिधिसभामा कांग्रेसका प्रमुख सचेतकसमेत रहनुभएका खाँडले 
सरकारले संविधान विरोधी क्रियाकलाप गरिरहेको भन्दै सोकोविरूद्धमा काङ्गे्रसले छठपर्वपछि रचनात्मक र सङ्घर्षशील कार्यक्रम सञ्चालन गर्ने जानकारी दिनुभयो । 
मुुलुकमा हिंसा, महँगी, करवृद्धि, मूल्यवृद्धि र असुरक्षाका कारण जनता कष्टकर अवस्थामा रहेको उहाँको भनाइ थियो । 
उहाँले हजामदेखि जुत्ता पालिस गर्नेलाई कर लगाएको, घर करका कारण घर बेच्नुपर्ने अवस्था सिर्जना गरेको, महँगीले जनताको आम्दानी घट्ने क्रियाकलाप गरेकाले मुलुक अस्थिर बनेको छ भन्नुभयो ।  (रासस) 

प्रतिक्रिया दिनुहोस