आइएमई ग्रुप र नउलिन स्पोर्टस् भिल्लाबीच सम्झौता

सफल खबर संवाददाता

विहीबार, १५ कार्तिक २०७५, १७ : २४
आइएमई ग्रुप र नउलिन स्पोर्टस् भिल्लाबीच सम्झौता

काठमाडौँ । काठमाडौं पानीपोखरीस्थित केन्द्रीय कार्यालय रहेको आइएमई ग्रुप र काठमाडौं बुढानिलकण्ठ नगरपालिका– ८, सुन्दर बस्तीमा अवस्थित नउलिन स्पोर्टस् भिल्लाबीच सम्झौता भएको छ । सम्झौता अनुसार ग्रुपमा कार्यरत कर्मचारीहरू र आइएमई प्रिभिलेज कार्ड वाहक सेवाग्राहीहरूले उक्त भिल्लामा टेनिस खेल्दा  १५ प्रतिशत विशेष पाउने छन् ।

ग्रुपसँग प्रत्यक्ष सम्बन्धित कम्पनीहरू आइएमई लिमिटेड, आइएमई डिजिटल सोलुसन लिमिटेड, सी एम ट्रेडिङ, आइएमई अटो मोटिभ्स÷मोटर्स, चन्द्रागिरि हिल्स लिमिटेड, आइएमई म्यानेजमेन्ट, स्वीफ्ट टेक्नोलोजी र हाथवे इन्भेष्टमेन्ट एवम् आइएमई ग्रुपको लगानी रहेका पब्लिक लिमिटेड कम्पनीहरु ग्लोबल आइएमई बैंक लिमिटेड, आइएमई लाइफ इन्सोरेन्स कम्पनी लिमिटेड, आइएमई जनरल इन्सोरेन्स कम्पनी लिमिटेड र आइएमई को–अपरेटिभ सर्भिस लिमिटेडमा कार्यरत सम्पूर्ण कर्मचारीहरूले यो सुविधा लिन सक्नेछन् । यसका साथै कर्मचारीका बालबालिकाहरूलाई विशेष सहुलियत समेत प्रदान गरिनेछ ।

यो सुविधा लिनका लागि कार्यरत कर्मचारीहरूको हकमा आइएमई ग्रुप अन्तर्गतका सम्बन्धित कम्पनीहरूले जारी गरेको कर्मचारी परिचयपत्र र सेवाग्राहीहरूले आइएमई लिमिटेडले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड देखाउनु पर्नेछ । सम्झौतापत्रमा आइएमई ग्रुपका तर्फबाट जनसम्पर्क व्यवस्थापन प्रमुख राजु पौडेल र  नउलिन स्पोर्टस भिल्लाको तर्फबाट प्रवन्ध निर्देशक किशोर थापाले हस्ताक्षर गरेका छन् । यो सम्झौता २०७५ साल मङ्सिर १  गतेबाट दुई वर्षसम्म कायम हुनेछ । यो सम्झौता पछि करिव चार हजार कर्मचारीहरु र लाखौँ सेवाग्राहीहरूले प्रत्यक्ष लाभ लिन सक्नेछन् ।
स्वास्थ्य शरीरमा स्वास्थ्य मष्तिस्कको बास हुन्छ भन्ने दार्शनिक भनाइलाई हृदयंगम गर्दै ग्रुपमा कार्यरत कर्मचारी मित्रहरू र सेवाग्राहीहरूलाई खेलकुदका क्षेत्रमा सहुलियतपूर्ण सुविधा प्रदान गर्न सकियोस् भन्ने उद्देश्यका साथ सम्झौता गरिएको आइएमई ग्रुपका प्रमुख जनसम्पर्क व्यवस्थापक राजु पौडेलले बताउनु भयो । शरीरलाई चुस्त र दुरुस्त राख्न खेलकुद प्रतिको चासो बढ्दै गएको सन्दर्भमा आइएमई जस्तो चलायमान व्यापारिक ग्रुपसँग सम्झौता गर्न पाउँदा आफुलाई खुशी लागेको नउलिन स्पोर्स भिल्लाका प्रवन्ध निर्देशक किशोर थापाले बताउनु भयो ।
आइएमई ग्रुपले रेमिटेन्स, बैंकिङ्ग, इन्सोरेन्स, सूचना–प्रविधि, पर्यटन, ट्राभल एण्ड टुर्स, हस्पिट्यालिटी, अटोमोबाइल, उर्जा लगायतका क्षेत्रमा लगानी विस्तार गर्दै रोजगारी अवसर सिर्जना गर्दै आइरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस