नेकपाको चियापान कार्यक्रममा कांग्रेस सभापति देउवाले भन्नुभयो– मेलमिलाप सत्तापक्षको हातमा छ

शनिबार, १० कार्तिक २०७५, १८ : ५१
नेकपाको चियापान कार्यक्रममा कांग्रेस सभापति देउवाले भन्नुभयो– मेलमिलाप सत्तापक्षको हातमा छ

काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले देशमा एकता, मेलमिलाप र समृद्धिको जिम्मा सत्तापक्षको हातमा रहेको बताउनुभएको छ । 

विजयादशमी, दिपावली, नेपाल संवत् र छठका अवसरमा नेपाल कम्युनिष्ट पार्टीको (नेकपा)ले आज राजधानीको भृकुटीमण्डप बगैँचामा आयोजना गरेको चियापान कार्यक्रममा पत्रकारसँग सङ्क्षिप्त कुरा गर्दै प्रमुख प्रतिपक्षी दलका सभापति देउवाले सो धारणा व्यक्त गर्नुभयो । 

देश अब मेलमिलाप, एकता र समृद्धिमा जान लागेको हो ? भन्ने सञ्चारकर्मीको जिज्ञाशामा उहाँले भन्नुभयो, “मेलमिलाप र समृद्धिमा जानुपर्छ, तर यो सबै कुरा सत्तापक्षको हातमा छ ।”  (रासस) 

प्रतिक्रिया दिनुहोस