काठमाडौँमा फेरि बालिकामाथि बलात्कार

विहीबार, ०८ कार्तिक २०७५, १३ : ५१
काठमाडौँमा फेरि बालिकामाथि बलात्कार

काठमाडौ । काठमाडौं महानगरपालिका–१३ सोल्टीमोडमा १४ वर्षीया बालिका बलात्कारमा परेकी छन् ।

बालिका कलात्कार गरेको आरोपमा प्रहरीले बुधबार साँझ धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–३ का ३० वर्षीय समीर पुलामीलाई पक्राउ गरेको छ ।

सोल्टीमोड बस्दै आएका पुलामीले सोही ठाउँ बस्ने १४ वर्षीया बालिकालाई कोठामा बोलाएर बलात्कार गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका पुलामीमाथि जबरजस्ती करणी उद्योगमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस