संघीय सरकारलाई ओभरटेग गर्न नखोज्नुस् मुख्यमन्त्रीज्यू : प्रचण्ड

मंगलबार, ०६ कार्तिक २०७५, १६ : १२
संघीय सरकारलाई ओभरटेग गर्न नखोज्नुस् मुख्यमन्त्रीज्यू : प्रचण्ड

जनकपुर : पुर्वप्रधानमन्त्री एवं नेकपा का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  ऐन बनाउने क्रममा ओभरटेग नगर्न प्रदेश नंं. २ का मुख्यमन्त्रीलाई आग्रह गर्नुभयो । प्रदेश नम्बर २ को जनकपुरमा नेकपा पाटी कार्यालयको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले ओभरटेग गर्न खोज्दा खतरा बढेर जानेतर्फ सचेत रहन मुख्यमन्त्री लालबाबु राउतलाई सुझाव दिनुभयो ।

संघिय प्रहरी ऐन अहिलेको राष्ट्रिय चर्चाको विषय बनेको छ, उहाँले भन्नुभयो,‘संविधानले पहिले संघिय प्रहरी ऐन र त्यस अन्तगर्त प्रदेशले पनि आ आफ्नो अवस्था अनुसार ऐन बनाउने परिकल्पना गरेको छ । केहि नबनाई नहुने मैलिक अधिकार सम्बन्धी ऐनले गर्दा ढिलो भयो भन्दैमा ओभरटेग गर्न नखोज्नुस् ।’

उहाँले ढिलो भयो भन्दैमा संघिय समानुपातिक समावेश मान्यतालाई स्थापित गर्ने नेतृत्वलाई अभोटेग गर्नु दुरभाग्य हुने बताउनुभयो । यसले गभ्भिर दुर्घटना हुन सक्ने भन्दै अध्यक्ष दाहालले ध्यान दिएर अगाडि बढ्न मुख्यमन्त्री राउतलाई आहवान समेत गर्नुभयो ।

उहाँले भन्नुभयो,‘मधेसी जनताको भावना अनुसार प्रधानमन्त्री केपी शर्मा ओली म र उपेन्द्र यादवबीच सहमति भएकाले संविधान परिर्माजित हुने जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस