नेपाली काङ्ग्रेसमा कुनै पनि गुट उपगुट छैन :  उपसभापति निधि

सोमबार, ०५ कार्तिक २०७५, १३ : ३२
नेपाली काङ्ग्रेसमा कुनै पनि गुट उपगुट छैन :  उपसभापति निधि

विराटनगर  ।  नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकार दुई तिहाइ बहुमतको भएकाले यसलाई निरर्थक हुन नदिन सरकार गम्भीर बन्नुपर्ने बताउनुभएको छ । 

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सरकारलाई जनताका पक्षमा तल्लीन भएर काम गर्न सुझाव दिनुभयो । 

उहाँले काङ्ग्रेसको विधाननुसार नै महासमितिको बैठक बस्ने तयारी भइरहेको र बैठकले विधान संशोधन गरेर भावी राजनीति रणनीति तय गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली काङ्ग्रेस पार्टीमा कुनै पनि गुट उपगुट छैन । ”  (रासस)

प्रतिक्रिया दिनुहोस