हेटौँडा । नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेलले सरकारले जनताको आकांक्षा पूरा गर्न नसकेको बताएका छन् । दुई ठुला दलहरू सम्मिलित सरकारले नागरिकको सामान्य अपेक्षा समेत पूरा गर्न नसकेको उनले बताए ।
बुधवार मुख्यमन्त्री बहादुरसिंह लामालाई सरकारका काम कारबाहीका विषयमा माओवादी केन्द्रको धारणा सहित ज्ञापनपत्र बुझाउने क्रममा नेता जम्कट्टेलले सरकार सङ्घीयताको मर्म र भावनाअनुसार सञ्चालन नभएकोमा टिप्पणी गरे । प्रदेश विकासको आकांक्षा र आवश्यकतालाई सम्बोधन गर्दै अगाडि बढ्नुपर्ने उनको भनाई छ ।
‘प्रदेश सरकार आफैँ छ वा छैन भन्ने अवस्थामा पुगेको महसुस भएको छ । नागरिकको गुनासोहरू सम्बोधन गर्न सकिएको छैन’ उनले भने, ‘प्रदेशको नागरिकको अपेक्षा र गुनासो प्रति गम्भीर बन्न सकेन । सरकारले सङ्घीयता र संविधान कार्यान्वयन, नागरिकको विकासको आकांक्षा पुरा गर्न सकेको छैन ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ कार्तिक २०८१, १४ : ४१
लेखकबाट थप