प्रधानमन्त्रीद्वारा बुवाको हातबाट टीका ग्रहण, यस्तो छ प्रधानमन्त्रीको टीका लगाउने व्यस्तता

शुक्रबार, ०२ कार्तिक २०७५, १३ : ३७
प्रधानमन्त्रीद्वारा बुवाको हातबाट टीका ग्रहण, यस्तो छ प्रधानमन्त्रीको टीका लगाउने व्यस्तता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दशैंको टीका ग्रहण गर्नुभएकाे छ । उहाँले बुवा मोहनप्रसाद ओलीकाे हातबाट टीका ग्रहण गर्नुभएको हाे । अाफूले टीका ग्रहण गरेलगत्तै उहाँले पत्नी राधिका शाक्यलार्इ टीका लगाइदिनुभयाे ।

प्रधानमन्त्री सचिवालयका अनुसार बुवाको हातटबाट टीका लगाएर प्रधानमन्त्री ओलीले दिउँसो १ बजे राष्ट्रपतिको हातबाट टीका ग्रहण गर्ने कार्यक्रम छ ।

सचिवालयका अनुसार २ बजेपछि मन्त्री, सांसद, पार्टी नेता तथा निजामति एवं सुरक्षासँग सम्बद्ध उच्चपदस्थ राष्ट्रसेवक कर्मचारीलाई प्रधानमन्त्रीले टीका लगाइदिने र अपराह्न तीन बजेदेखि साँझ साढे ५ बजेसम्म सर्वसाधारणलाई टीका लगाइदिने कार्इक्रम रहेकाे छ । त्यसपछि परिवारका सदस्यहरु र पार्टीका कार्यकर्तालाई समेत उहाँले टीका लगाइदिनुहुने सचिवालय स्रातले जनाएकाे छ ।

उहाँले भाेलि एकादशीदेखि चतुर्दशी अर्थात् कात्तिक ६ गतेसम्म विहान ९ देखि ११ बजेसम्म कार्यकर्ताहरु र शुभचिन्तकहरुलाई टीका लगाइदिनुहुने कार्यक्रम समेत छ ।

प्रतिक्रिया दिनुहोस