संविधान संशोधनका लागि एमाले-काँग्रेस गठबन्धन : गुरु बराल

सफल खबर संवाददाता

बुधबार, १४ कार्तिक २०८१, १३ : ३१
संविधान संशोधनका लागि एमाले-काँग्रेस गठबन्धन : गुरु बराल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष गुरु बरालले एमाले-काँग्रेस मिलेर मात्रै संविधान संशोधन गर्न सकिने बताएका छन् । जनार्दन मैनाली स्मृत पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै उपाध्यक्ष बरालले लोकतन्त्रको संस्थागत विकास, देशको विकास र संवृद्धि का लागि एमाले–काँग्रेस गठबन्धन भएको बताएका हुन् ।

उनले भने, ‘संविधान सहमतिको दस्ताबेज भएकाले सहमतिका आधारमा संविधान संशोधन गर्न एमाले र काँग्रेसबीचमा गठबन्धन भएको हो ।’बरालले संविधानका सबल पक्षलाई अगाडी बढाउनु पर्ने र कमजोर पक्षलाई संशोधन गर्नु पर्ने बताए । संविधानमा भएका कमजोर पक्षलाई संशोधन गरेर जाने विषयलाई प्राथमिकतामा राखेर काम भाइ रहेको बताए ।

उनले एमाले र काँग्रेसबीचको गठबन्धन सरकारमाथि प्रश्न उठेको भन्दै उनले, ‘भने २०४७ सालमै मदन भण्डारीले एमाले र काँग्रेस मिलेर सरकार चलाउनु पर्ने बताएका थिए । त्यही कुरालाई आत्मासाथ गर्दै एमाले र काँग्रेस मिलेर सरकार चलाइएको छ ।’

सरकारले सत्तामा रहेकालाई संरक्षण गर्ने र सत्ता भन्दा बाहिर रहेकालाई थुन छेक गर्ने नीति नलिएको बताए । उनले भने ‘सत्तामा बसेकाहरूले पनि गल्ती गरेको भए सजायको भागीदार हुन्छन् ।’

उनले सञ्चार जगतले नेपाली राजनीतिलाई बाटो देखाउने काम गरेको बताए । उनले सञ्चार क्षेत्रले बाटो बिराउनेलाई औँला उठाएको बताए । उनले लोकतन्त्रको संस्थागत विकासका लागि खबरदारी भएको बताए । उनले अहिले लोकतन्त्रको संस्थागत विकास आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस