काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम महाधिवेशन चितवनमा गर्ने भएको छ । आज बसेको पार्टीको केन्द्रीय समितिको बैठकले चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।
असोज पहिलो साता भएको राष्ट्रिय भेलाले पहिलो राष्ट्रिय महाधिवेशन २०८२ वैशाख २५, २६ र २७ गते गर्ने निर्णय गरिसकेको थियो ।
चितवन रास्वपा सभापति रवि लामिछानेको निर्वाचन क्षेत्र हो । गएको संसदीय निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ जितेको ७ स्थानमध्ये २ स्थान चितवन हो । चितवन-१ मा सभापति रवि लामिछाने निर्वाचित हुँदा २ बाट नेता हरि ढकाल भारी मतका साथ निर्वाचित भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ असोज २०८१, १८ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अनावश्यक प्रचार नगरी उद्धार कार्यमा खटिन रास्वपाद्वारा पार्टी सदस्यहरुलाई निर्देशन
रास्वपाले बोलायो आकस्मिक बैठक
रवि पक्राउ पर्ने चर्चापछि चीन भ्रमण छोट्याएर फर्किए रास्वपाका नेता
रास्वपाले बोलायो आकस्मिक भेला
‘क्लिन चिट’ कि ‘क्लियर चिट ?’ : महामन्त्री विश्वप्रकाश शर्मा
रास्वपाको राष्ट्रिय भेलामा आजदेखि समूहगत छलफल