फिल्म 'लाइफ ड्यामेज' निर्माण हुने, शीर्ष भूमिकामा सुरक्षा पन्त

सफल खबर संवाददाता

शुक्रबार, ११ साउन २०८१, १३ : १६
फिल्म 'लाइफ ड्यामेज' निर्माण हुने, शीर्ष भूमिकामा सुरक्षा पन्त

काठमाडौं । फिल्म 'लाइफ ड्यामेज' निर्माण हुने भएको छ। शुक्रबार काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा पूजा गर्दै फिल्मको मुहूर्त गरिएको छ।फिल्मलाई केही वर्षयता कन्टेन्ट क्रियटरको रूपमा परिचित निमेष श्रेष्ठले निर्देशन गर्नेछन्।

यसमा अभिनेत्री सुरक्षा पन्तको शीर्ष भूमिका रहनेछ। साथमा ईशा थापा, सञ्जना महर्जन, निमेश श्रेष्ठ, अमोघ अर्याल, अनिशजंग थापा, अजय पन्त, निरू खड्का लगायतको अभिनय रहनेछ। 

फन रिभोलुसन इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने फिल्मलाई निमेष श्रेष्ठ र ईशा थापाले लेखेका हुन्।आयोजित मुहूर्तमा सुरक्षा र निमेशसहित फिल्मका प्रमुख कलाकार र प्राविधिकहरू  उपस्थित थिए।

पहिलो पटक फिल्म निर्देशन गर्न लागेका श्रेष्ठले 'फेन्टासी कमेडी ड्रामा' श्रेणीमा फिल्म बन्ने बताए। उनले भने, 'अर्काको जुत्तामा उभिँदा वा अरूको जीवन बाँच्दा हुने अनुभव कस्तो हुन्छ भनेर हामीले यस फिल्ममा देखाउन खोजेका छौँ।'

यसमा प्रवीण खड्काको डिओपी, निमा श्रेष्ठको सम्पादन, अभिषेक खरेलको प्रोडक्सन डिजाइन, जेनिश शाक्यको प्रोडक्सन व्यवस्थापन, आयुष महर्जनको कला निर्देशन, वर्षा श्रेष्ठको मेकअप, दीपेश चौधरीको कलर ग्रेडिङ, उत्साह श्रेष्ठको कस्ट्युम डिजाइन तथा आशिष सापकोटाको ग्राफिक्स र फाइनान्स रहनेछ।

फिल्मलाई यही वर्ष रिलिज गर्ने लक्ष्य राखिएको छ।

प्रतिक्रिया दिनुहोस