अभिनेता नाजिर हुसेन बने एमडब्लूसीको ब्राण्ड एम्बेसडर

सफल खबर संवाददाता

विहीबार, १० साउन २०८१, ११ : १५
अभिनेता नाजिर हुसेन बने एमडब्लूसीको ब्राण्ड एम्बेसडर

काठमाडौं । नेपाली ब्राण्ड मोबाइल वर्ल्ड क्यापिटल (एमडब्लूसी)काे ब्राण्ड एम्बेसडरमा नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता नाजिर हुसेन नियुक्त भएका छन् । एमडब्लूसीले बुधवारदेखि लागू हुने गरी अभिनेता नाजिरलाई ब्राण्ड एम्बेसडरको रूपमा नियुक्त गरेको हो।

एमडब्लूसीका अनुसार नाजिरलाई एक वर्षसम्मको लागि ब्राण्ड एम्बेसडरमा नियुक्त गरिएको छ। उनले कम्पनीका प्रडक्टहरूकाे विभिन्न तरिकाबाट प्रचार साथै बिक्री गर्नमा मद्दत गर्नेछन् । नाजिर पहिलोपटक एमडब्लूसीको ब्राण्ड एम्बेसडर बनेका हुन्।

कार्यक्रममा बाल्दै अभिनेता नाजिरले एमडब्लूसीका प्रडक्ट उपयुक्त रहेको बताए । ‘इयरबड सबै भन्दा बढी प्रयोग गर्ने मध्ये म पनि एक हुँ, प्राय मेरो साथमा इयरबड भइराख्छ,’ उनले भने,‘एमडब्लूसीको ब्राण्ड एम्बेसडर बन्न पाउँदा खुशी छु।’

सोही क्रममा कम्पनीले आफ्नो दुई वटा प्रडक्ट पनि सार्वजनिक गरेको छ । कम्पनीले इयरबडको नयाँ मोडल र २२.५ वाटको पावर बैंक बजारमा ल्याएको एमडब्लूसीका प्रमुख सुनिल जैसवाल जनकारी दिए । कम्पनीले एमडब्लूसी इयरबड प्रो (एमटी९९९) मोडलको इयरबड ल्याएको हो । एमआई, ओप्पो, भिभो, वनप्लस, ह्वावे र अन्य ब्रान्डका डिभाइसमा यो केबल सपोर्ट हुने कम्पनीले जनाएको छ ।

उक्त इयरबडको एमआरपी मूल्य ६ हजार ४९९ रुपैयाँ तोकेको छ । यद्यपि अहिले सो इयरबडको खरिदमा अफर चलिरहेको हुँदा बजारमा ३ हजार २९९ रुपैयाँमा उपलब्ध रहेको पनि जैसवाल जानकारी दिए । यस्तै, पावर बैंकको मूल्य भने ३ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस