रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

सफल खबर संवाददाता

विहीबार, १० साउन २०८१, ०९ : १६
रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ । 

बैठकमा सङ्गठनको आन्तरिक रणनीति, आगामी कार्यक्रम र कार्यदिशा तथा दलको अधिवेशनको तयारीबारे छलफल हुने कार्यसूची रहेको छ ।