सङ्घीयता कार्यान्वयनमा काग्रेसको साथ रहन्छ : प्रकाशमान सिंह

मंगलबार, १६ असोज २०७५, १३ : ५८
सङ्घीयता कार्यान्वयनमा काग्रेसको साथ रहन्छ : प्रकाशमान सिंह

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सङ्घीयता कार्यान्वयन गर्ने कुरामा सरकारलाई काँग्रेसको सधँै साथ र सहयोग रहने स्पष्ट पार्नुभएको छ । 

नेपाली काँग्रेस काठमाडौँ महानगरपालिका–१० ले आज बिहान आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा भेटघाट’ कार्यक्रममा उहाँले भन्नुभयो, “मुलुकलाई आर्थिक विकासमा लैजान र जनतामुखी काम गर्न काङ्ग्रेसको सधँै साथ रहन्छ,”–उहाँले भन्नुभयो । 

उहाँले सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाउनुभयो । “निर्वाचनको समयमा स्थिर, सुशासन र समृद्धिको नारा दिने तर सरकारले नाराअनुसार काम गर्न सकेको छैन,”–उहाँले भन्नुभयो । उहाँले जनताले आशा गरेरअनुसार आर्थिक समृद्धिको नारा कार्यान्वयन हुन नसेको बरु मूल्यवृद्धि बढेर जनताले दुःख पाइरहेका छन् भन्नुभयो । नेता सिंहले काँग्रेसलाई प्रभावकारी ढङ्गले अगाडि लैजानका लागि आफूहरु लागिरहेको स्पष्ट पार्नुभयो ।  (रासस) 

प्रतिक्रिया दिनुहोस