गच्छादारले भने –प्रधानमन्त्रीले अरिगाँल झैं खनिनु भनेर सत्तापक्षका माननीय उचाले

विहीबार, ११ असोज २०७५, १६ : ४४
गच्छादारले भने –प्रधानमन्त्रीले अरिगाँल झैं खनिनु भनेर सत्तापक्षका माननीय उचाले

काठमाडौं : नेपाली कांग्रेसका संसदीय दलका उपनेता विजयकुमार गच्छदारले प्रधानमन्त्रीले आफ्नो प्रतिरक्षाका लागि अरिगाँल झैं खनिनु भनेर सत्तापक्षका माननीय उचालेको आरोप लगाएका छन् ।

बिहीबार संसद बैठकलाई संबोधन गर्दै नेता गच्छदारले प्रधानमन्त्रीले सत्तापक्षका सांसदलाई उचालेर देशलाई मुठभेडमा लैजान खोजेको आरोप लगाए ।

नेता गच्छदारले आफ्नो २६/२७ वर्षको राजनीतिक जीवनमा  प्रधानमन्त्रीहरुले यस्तो कहिले बोलेको नसुनेको प्रतिकृया दिए ।सरकार शान्ति सुरक्षा कायम गर्न असफल देखिएको भन्दै सत्तापक्षले नै सरकारको विरोध गरेको पहिलो पटक देखेको गच्छदारले टिप्पणी गरे ।

‘सत्ता पक्षबाटै सरकारको आलोचना । आलोचनामात्रै होइन सरकारको निरिहताबारे, सरकारको क्रियाकलापप्रति लज्जाबोध गर्ने खालको अभिव्यक्ति आएको छ ।

प्रतिक्रिया दिनुहोस