काठमाडौं। बैंकिङ कसुर मुद्दामा फरार रहेकी करुणा शाही पक्राउ परेकी छिन् ।इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेबाट खटिएको प्रहरी टोलीले उनलाई कोहलपुर नगरपालिका ११ बाट पक्राउ गरेको हो ।
अहिले उनको बयान लिने काम भइरहेको इलाका प्रहरी कार्यालयका डीएसपी धर्म भण्डारीले जानकारी दिए ।उनका अनुसार बैंकको कागजात रुजु गर्ने काम पनि भइरहेको छ ।उनका श्रीमान् अर्जुनबहादुर खाँण ठकुरी पनि बैंकिङ कसुर मुद्दामै केही समय अगाडि पक्राउ परेका थिए ।
जिल्ला अदालत बाँकेले उनलाई गत फागुन १५ गते धरौटीमा छाड्न आदेश दिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ बैशाख २०८१, १६ : ४५
लेखकबाट थप