काठमाडौं । वेस्ट एशियन फुटबल महासंघ वाफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले विजयी शुरुवात गरेको छ । सिरियालाई ४–१ गोल अन्तरले पराजित गर्दै नेपालले विजयी शुरुवात गरेको हो । साउदी अरेबियाको जेदाहस्थित किङ अब्दुल्ला स्पोर्ट्स सिटी रंगशालामा भएको खेलमा नेपालले मध्यान्तर अघि ३ र पछि १ गोल गरेर सहज जित हात पारेको हो ।
खेलको शुरुवातबाटै सिरियालाई दबाबमा राखेको नेपालकी अमिशा कार्कीले ९औँ मिनेटमा नै गोल गरिन । १२औँ मिनेटमा नेपालले पाएको कर्नरमा अनिता बस्नेतको प्रहार दर्शनीय गोल गोलमा परिणत हुँदा नेपाल ले अग्रता दोब्बर बनायो । १९औँ मिनेटमा सावित्रा भण्डारीले ‘साम्बाले नेपालका लागि तेस्रो गोल गरिन् । सिरियाली खेलाडी मुस्तफाले ४३औँ मिनेटमा गोल गरिन । खेलको ६९औँ मिनेटमा सावित्रा भण्डारीले दिएको पासमा रेखा पौडेलले नेपालका लागि चौथो गोल गरिन् ।
एसियाका पश्चिमी क्षेत्रका राष्ट्रहरु सम्मिलित यस प्रतियोगितामा नेपाल पहिलो पटक आमन्त्रित टोलीका रूपमा सहभागि भएको हो । नेपालले पहिलो पटक सिरियासँग खेलिरहेको हो । नेपालको समूहमा प्यालेस्टाइन, सिरिया र इराक छन् ।
अर्को समूहमा आयोजक साउदी अरेबीया, ग्वाम, लेबनान र जोर्डन छन् । दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ फागुन २०८०, ११ : ५७
लेखकबाट थप