गरिब र विपन्नहरुले उपचार पाउने क्रम बढेको छ : मन्त्री बस्नेत

सफल खबर संवाददाता

बुधबार, ०२ फागुन २०८०, १४ : ५७
गरिब र विपन्नहरुले उपचार पाउने क्रम बढेको छ :  मन्त्री बस्नेत

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अहिले गरिब र विपन्नहरुले उपचार पाउने क्रम बढिरहेको दाबी गरेका छन् ।परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल सेवा बिस्तार तथा अध्ययन अनुसन्धान भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अबका दिनमा कोही पनि नेपालीहरु पैसा नभएको र गरिब कुलमा जन्मिएका कारणले स्वास्थ्य उपचार नपाएर कोही नेपालीलाई मर्न नदिने प्रतिबद्धता जनाए । उनले संविधानमा लेखिएका नागरिकका मौलिक अधिकारलाई सुनिश्चित गर्न आवश्यक रहेको बताए ।

उनले भने,‘सातै वटा प्रदेशमा स्थानीय सरकार, प्रादेशिक सरकार र संघ सरकारको पहलमा धेरै कार्यक्रमहरु गर्दै हिँडेका छौँ । प्रादेशिक अस्पतालका जनरल बेडहरु सबै निःशुल्क भएका छन् । अहिले गरिब विपन्नहरुले उपचार पाउने क्रम अलि बढिरहेको छ ।

संविधानमा लैख्ने एउटा कुरा, चाहे शिक्षा वा स्वास्थ्य होस् । त्यो कार्यान्वयन हुनुपर्छ। अब उप्रान्त पैसा नभएको र गरिब कुलमा जन्मिएका कारणले स्वास्थ्य उपचार नपाएर कोही नेपाली मर्दैनन् ।’

प्रतिक्रिया दिनुहोस