अध्यक्ष प्रचण्डको भारत भ्रमण सफल भएको दुबै अध्यक्षको निश्कर्ष

सोमबार, २५ भदौ २०७५, १३ : ५५
अध्यक्ष प्रचण्डको भारत भ्रमण सफल भएको दुबै अध्यक्षको निश्कर्ष

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डको चार दिने भारत भ्रमण सफल भएको समिक्षा भएको छ । आज बिहान प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच प्रम निवास बालुवाटारमा भएको बैठकमा यस्तो समिक्षा भएको हो ।

दुबै अध्यक्षबीच भएकाे बैठकमा अध्यक्ष प्रचण्डले भारत भ्रमणको बिषयमा चर्चा गर्नुभएकाे थियाे । त्यसैगरी पार्टीका तल्ला कमिटिहरु र जबस–मोर्चाबीचको एकीकरण टुंग्याउन बुधवार बिहान पार्टी केन्द्रीय सचिवालयको बैठक बस्ने निर्णय पनि भएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस