काठमाडौं । भारतले आईसीसी यू–१९ विश्वकपमा नेपालविरुद्ध २९८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । शुक्रबार दक्षिण अफ्रिकाको मनगंग ओभलमा टस जितेर ब्याटिङमा आएको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २९७ रनको योगफल खडा गरेको हो ।
भारतका लागि कप्तान उदय सरन र सचिन दासले शतक पारी खेले । सचिनलाई ११६ र उदयलाई १०० रनमा पेभिलियन फर्किए । नेपालका गुल्सन झाले तीन विकेट लिए । १० ओभर बलिङ गरेका उनले ५६ रन खर्चिए । आकाश चन्दले एक विकेट लिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ माघ २०८०, १८ : ४५
लेखकबाट थप