काठमाडौं । साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार नेप्से परिसूचक २५.६३ अंकले घटेर २१३०.१८ बिन्दुमा आडिएको होे । यसदिन बजारमा २ करोड २८ लाख २० हजार २७९ कित्ता शेयरको खरिदबिक्री हुँदा ७ अर्ब ६७ करोड ७७ लाख ४० हजार ५८ रुपैयाँको कारोबार भएको छ ।
गत साताको अन्तिम कारोबारका दिन ७.२४ अंकले घटेर बन्द भएको शेयर बजार आज आइतबार प्रि अेपन सेसनबाट बढेरै खुलेको थियो । बैंकहरुको नाफामा आएका गिरावटसँगै शेयर बजारमा पनि त्यसको प्रभाव देखिएको छ । बैंकहरुको दोस्रो त्रैमाससम्म नाफामा करिब ९ प्रतिशतले गिरावट आएको छ । जसको कारणले शेयर बजार पनि प्रभावित हुनसक्ने जानकारहरु बताउँछन् ।
आजको करोबारमा अंखुखोला जलविद्युत कम्पनी, समाज लुघवित्त वित्तीय संस्था र हिमालयन लघुवित्त वित्तीय संस्थाले सर्वाधिक नाफा कमाएका छन् । कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स ५६ करोड ७९ लाख १० हजार रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ माघ २०८०, १५ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से सूचकमा २ अंकको वृद्धि
सेयर बजारमा साढे २४ अंकको गिरावट, ३ अर्ब ७९ करोडको कारोबार
नेप्सेमा सामान्य गिरावट
सामान्य अंकले बढ्यो नेप्से, २ अर्ब ५३ करोडको कारोबार
दोहोरो अंकले बढ्यो सेयर बजार
नेप्सेमा दोहोरो अंकको गिरावट, २ अर्ब ७९ करोडको कारोबार