आइसिसी यु-१९ विश्व कप

न्युजिल्यान्डसँगको खेलमा नेपाललाई तेस्रो सफलता

सफल खबर संवाददाता

आइतबार, ०७ माघ २०८०, १५ : ३५
न्युजिल्यान्डसँगको खेलमा नेपाललाई तेस्रो सफलता

काठमाडौँ । आइसिसी यु-१९ विश्व कपमा नेपालले अहिले न्युजिल्यान्डसँग खेलिरहेको छ । अहिले नेपालले बलिङ गरिरहेको छ । दक्षिण अफ्रिकामा न्युजिल्यान्डका कप्तान ओस्कर ज्याक्सनले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङको निम्तो पाएको हो । यो समाचार तयार पार्दासम्म न्युजिल्यान्डले १९ ओभरमा ३ विकेट गुमाएर ८५ रन बनाएको छ । नेपाललाई स्पिनर सुवास भण्डारीले पहिलो सफलता दिलाए । उनले लुक वाट्सनको विकेट लिए । यस्तै तिलक भण्डारीले टम जोन्स र दिपेश कँडेलले ओलिभर तेवतियाको विकेट लिए । 

यसअघि नेपाल र न्युजिल्यान्डबीच २ पटक भेट हुँदा दुवै खेल नेपालले जितेको थियो । नेपालले न्युजिल्यान्डलाई सन् २००६ मा ३२ रन र सन् २००६ मा १ विकेटले  हराएको थियो ।

नेपाल रहेको समूह ‘डी’ न्युजिल्यान्डसँगै अफगानिस्तान र पाकिस्तान छन् । अब नेपालले दोस्रो खेलमा पाकिस्तानसँग १० गते र अन्तिम खेलमा १२ गते अफगानिस्तानसँग खेल्नेछ ।

प्रतियोगितामा ४ वटा समूहमा गरी २० वटा टोली सहभागी छन् । हरेक समूहका शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन् ।

प्रतिक्रिया दिनुहोस