काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले लुम्बिनीलाई १८५ को विजयी लक्ष्य प्रस्तुत गरेको छ । भैरहवास्थित, सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित ४५ ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएको हो ।
कर्णालीका लागि दिनेश अधिकारीले सर्वाधिक ५६ रनको अर्धशतकीय पारी खेले । उनले ५९ बलमा ६ चौका र २ छक्का प्रहार गरे । ओपनर रविन्द्र शाहीले ११, हिमान्शु शाहीले २५, दिपेन्द्र रावतले ४७ रन बनाए । अन्य कुनै ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ माघ २०८०, १४ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री कप क्रिकेट सुरु, उद्घाटन खेलमा दार्चुला विजयी