काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका एक सदस्यलाई कारबाही गरेको छ । सामाजिक सञ्जाल प्रयोगमा संवेदनशील नरहेको भन्दै रास्वपाले प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिका सदस्य दिवस सापकोटालाई पदीय जिम्मेवारीबाट निलम्बन गरेको हो ।
सापकोटाले गौशाला–२६ (परिवर्तित नाम)को तस्वीर सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै अदालती फैसलासँग जोडेर पीडितप्रति कटाक्ष गरेको पाइएकाले कारबाहीस्वरुप निलम्बन गरिएको रास्वपाले जनाएको छ ।
गौशाला–२६ लाई बलात्कार गरेको ठहर गर्दै यस मामिलामा क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौँ जिल्ला अदालतले ८ वर्ष कैद सजाय फैसला गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ पुस २०८०, १४ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा संसदीय दलको बैठक आज
रास्वपाले बोलायो संसदीय दलको बैठक
रास्वपाले पार्टी स्थापनादेखिकै समिक्षा गर्ने
रास्वपा सचिवालय बैठक बस्दै
रास्वपाका मिलन लिम्बूलगायत १६ जनाको जमानत जफत
रास्वपाका उम्मेदवार लिम्बूद्वारा मतदान