पर्यटन मन्त्रालयले दूतावासहरुलाई किन दियो धन्यवाद ?

सफल खबर संवाददाता

मंगलबार, १७ पुस २०८०, २० : ०३
पर्यटन मन्त्रालयले दूतावासहरुलाई किन दियो धन्यवाद ?

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालमा रहेका विदेशी दूतावासलाई धन्यवाद दिएको छ । नेपालमा पर्यटक भित्र्याएर सरकारको लक्ष्य पूरा गर्न महत्त्वपूर्ण भूमिका खेलेको भन्दै मन्त्रालयले दूतावासलाई पत्राचार गरी धन्यवाद दिएको हो । 

मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै निजी क्षेत्र लगायत सरोकारवाला सबैलाई धन्यवाद दिएको छ ।संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको आर्थिक समृद्धिको सपनालाई पर्यटनमार्फत साकार पार्न दूतावासहरूले खेलेको भूमिका प्रशंसनीय रहेको बताए । 

नेपाल सरकारले सन २०२३ मा १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो । जसअनुसार सन २०२३ मा १० लाख १४ हजार ८ सय ७१ पर्यटक भित्र्याउन सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस