काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारी र लघुवित्तका समस्या र समाधान पहिल्याउन अध्ययन कार्यदल बनाएको छ । पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा कार्यदल बनाइएको छ । वाग्ले रास्वपाका अर्थ नीति विभाग प्रमुख समेत हुन् ।
वाग्लेको नेतृत्वमा कार्यदल गठन गरिएको सहमहामन्त्री रमेश प्रसाईले बिहीबार सार्वजनिक गरेका हुन् । चितवन–२ मा आयोजित सार्वजनिक सुनुवाईमा सहप्रवक्ता प्रसाईले सहकारी र लघुवित्त पिडितका समस्या र समाधानका उपाय सुझाउने गरि कार्यदल गठन गरिएको जानकारी दिए ।
‘सहकारी र लघुवित्त पिडीतहरुको विषय तिव्र रुपमा उठ्न थालेपछि सभापतिको निर्देशनमा रास्वपाका उप सभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा एउटा कार्यदल बनेको छ,’ सहप्रवक्ता प्रसाईले भने,‘जसले सहकारी र लघुवित्त पिडितका समस्या र समाधानका उपाय सुझाउने गरि यो कार्यदल बनेको छ ।’
सहकारी र लघुवित्तका समस्या समाधानका लागि सरकारलाई प्रतिवेदन बुझाउने गरि कार्यदल बनाउने प्रस्ताव महोत्तरी बैठकमा रवि सभापति लामिछानेले गरेका थिए । ‘जलेश्वर बैठकमा नै निर्णय भएको हो,’ कार्यदलका संयोजक समेत रहेका वाग्लेले भने,‘अर्थनीति विभागले त्यसमा काम गरिरहेको छ । अर्थ नीति विभाग सहित आमन्त्रित सदस्यका रुपमा केही व्यक्तिलाई कार्यदलमा राखिएको उपसभापति वाग्लेले जानकारी दिए ।
विषय विज्ञहरुसँग छलफल प्रारम्भ भइसकेको कार्यदलले जनाएको छ । उपसभाति वाग्लेका अनुसार कार्यदलले संसद बैठक सुरु हुन अघि नै कार्यदलले प्रतिवेदन तयार गर्नेछ । अर्थ नीति विभागले तयार गरेको प्रतिवेदनका आधारमा संसदमा पिडितका पक्षमा विचार राख्ने रास्वपाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ पुस २०८०, १२ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा संसदीय दलको बैठक आज
रास्वपाले बोलायो संसदीय दलको बैठक
रास्वपाले पार्टी स्थापनादेखिकै समिक्षा गर्ने
रास्वपा सचिवालय बैठक बस्दै
रास्वपाका मिलन लिम्बूलगायत १६ जनाको जमानत जफत
रास्वपाका उम्मेदवार लिम्बूद्वारा मतदान