काठमाडौं । अष्ट्रेलियाको राजधानी सहर एसिटी र काठमाडौं महानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापनाको पहल थालिएको छ । हालै अष्ट्रेलिया सरकारको निम्तोमा गएकी काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल र एसिटीका मुख्मन्त्री एन्ड्रीयु जेम्स बार्रबीच भएको वार्तापछि यसबारे प्रक्रिया अघि बढाइएको हो ।
भेटमा एसीटी महिला योजना २०१६ – २०२६ बारे पनि छलफल भएको उपमेयर डंगोलले नेपाल प्रेसलाई जानकारी दिइन् । डंगोलले भनिन्–‘भ्रमणका क्रममा एसिटीका मुख्यमन्त्री एण्ड्रियु जेम्स बारसँग भेट गरी काठमाडौं महानगरसँग भगिनी सम्बन्ध स्थापित गर्ने विषयसँग सम्बन्धी आवश्यक पहल भएको छ । यसका साथै उर्जा आवश्यकताको व्यवस्थापन, नेपाल र अष्ट्रेलियाबिच प्रत्यक्ष हवाई उडान, स्थानीय भाषा र संस्कृति प्रर्वद्धनका लागि स्थानीय पाठ्यक्रमको विकास र निर्माणबारे पनि आवश्यक साझेदारी गर्ने बारे छलफल भयो ।
अष्ट्रेलिया सरकारको वैदेशिक मामिला मन्त्रालय र नेपालस्थित अष्ट्रेलियन दुतावासको संयुक्त निमन्त्रणमा विशेष भ्रमण पूरा गरी डंगोल स्वदेश फर्किसकेकी छन् । त्यसक्रममा उनले सिड्नी, क्यानबेरा, होबर्ट र मेलबर्न सहरहरुको भ्रमण भ्रमण र विभिन्न कार्यक्रममा सहभागी भएकी थिइन् ।
खनिज तथा उर्जा, कृषि पर्यटनलगायतको अवलोकन भ्रमणका लागि मंसिर ८ गते उनी त्यसतर्फ गएकी थिइन् । डंगोलले भ्रमणका क्रममा अष्ट्रेलियाली प्रधानमन्त्री तथा मन्त्रिपरिषद विभाग, सामाजिक नीति तथा महिला अन्तराष्ट्रिय संलग्नता शाखाका प्रमुख रोचेल हवाईसँग भेट गरिन् ।
उक्त भेटमा महिला समावेशिता, संलग्नता र सशक्तिकरण सम्बन्धी कार्यक्रम, विभिन्न क्षेत्रहरुमा महिलाहरुको सहभागिता र लैंगिक विषयवस्तुको सुधारबारे छलफल भएको उनले बताइन् । सन् २०१७ पछि संभवतः पहिलो पटक यसरी जनप्रतिनिधिलाई विशेष महत्व दिएर बोलाएको उक्त भ्रमणका क्रममा मानव संशाधन, लैंगिक समानता, आधुनिक दासप्रथा विरुद्धको अभियानलगायतका कार्यक्रममा उनी सहभागी थिइन् ।
त्यसका लागि सम्भावित साझेदारी र समन्वय गर्न अष्ट्रेलियाली अन्तराष्ट्रिय मामिला तथा व्यापार विभागका वरिष्ठ अधिकृत ग्यारी कोवेनसँग पनि भेट भएको उनले बताइन् । भेटमा अष्ट्रेलियामा आदिवासी जनजातिको ज्ञान, सीप। मूल्य र मान्यतालाई संरक्षण, संवद्र्धन र प्रवद्र्धन कसरी गरिएको रहेछ भने ज्ञान आदानप्रदान गरिएको उनको भनाइ छ ।
भ्रमणका क्रममा न्यू साउथ व्हेल्सका आर्ट ग्यालरीहरुसँग बैठक र अवलोकन भएको थियो भने उक्त भेटमा ऐतिहासिक र संस्कृतिक महत्व बोकेको मूर्ति तथा अमूर्त संस्कृतिक सम्पदा फर्काउने टोलीसँग पनि भेट भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ मंसिर २०८०, १५ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अष्ट्रेलियामा पारित भयो १६ वर्षमुनि सामाजिक सञ्जाल चलाउन नपाइने विधेयक
नेपालको विकास प्रयासमा अष्ट्रेलियाले सघाउने
भारतविरुद्धको टेस्ट सिरिजका लागि अस्ट्रेलियन टिमको घोषणा
अष्ट्रेलिया सरकारको कडाइपछि विद्यार्थी भिसा आवेदनमा कमी
भारत र अष्ट्रेलियाबीच समुद्री सुरक्षा वार्ता
अष्ट्रेलियामा कोभिड–१९ का कारण मृत्युदर अझै पनि उच्च