काठमाडौं। चार देश सम्मिलित महिला टी ट्वान्टी शृङ्खलाअन्तर्गत नेपालले हङकङलाई ५७ रनको सामान्य लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको नेपाल १८ ओभरमा ५६ रनमै अलआउट भयो । नेपालका लागि रबिना क्षेत्रीबाहेक कुनै ब्याटरले उल्लेख्य रन बनाउन सकेन । उनले २५ रन बनाइन् । ३० बल खेलेकी उनले ४ चौका प्रहार गरिन् ।
उनीबाहेक कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका तीन खेलाडी शून्यमा आउट भए भने तीन खेलाडी एक/एक रनमा आउट भए ।सीता मगरले ९ र रोमा थापाले सात रन बनाइन् । नेपाललाई सस्तैमा समेट्ने क्रममा हङकङकी इक्रा सहरले तीन विकेट लिइन् ।
नेपाललाई प्रतियोगिताको फाइनल खेल्न हङकङविरुद्धको खेल जित्नैपर्ने दबाब छ । बुधबार भएको पहिलो खेलमा नेपाल तान्जेनियासँग २७ रनले पराजित भएको थियो । चार देश सम्मिलित उक्त शृङ्खलामा आयोजक हङकङसँगै, नेपाल तान्जेनिया र जापान सहभागी छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० कार्तिक २०८०, १३ : १४
लेखकबाट थप