काठमाडौं। जाजरकोट भूकम्पबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै बढ्दो रगतको अभाव परिपूर्ति गर्ने उद्देश्यले नेपाल तरुण दलले भोलि कात्तिक २० गते सोमवार भृकुटीमण्डप प्राङ्गणमा वृहत् खुला रक्तदान कार्यक्रम गर्ने भएको छ ।
तरुण दलको केन्द्रीय कार्यसमितिले एक सूचना जारी गर्दै भूकम्पबाट घाइते भएकाको उपचारमा सहयोग गर्न रक्तदान गर्न लागिएकोे जनाएको छ ।बिहान ११ बजेदेखि रक्तदान कार्यक्रम शुरू भई दिनभरसम्म जारी रहने केन्द्रीय सदस्य सरोज न्यौपानेले जानकारी दिए ।
‘रगतको अभाव भएकाले हामीले पनि आफ्नो तर्फबाट त्यसलाई कम गर्न प्रयास गर्दैछौं । सम्पूर्ण युवालाई रक्तदानका लागि आग्रह गरेका छौं’, उनले भने ।रक्तदानमा काठमाडौं उपत्यकामा रहेका विद्यार्थी, युवा सहभागी हुने विश्वास केन्द्रीय सदस्य न्यौपानेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ कार्तिक २०८०, १४ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रक्तदान गर्दै सशस्त्र प्रहरी
राप्रपा अध्यक्ष लिङ्देनद्वारा ८९ औँ पटक रक्तदान
रत्ननगरमा भएको एमालेको रक्तदानमा ८५ युनिट रगत संकलन