चीन र भारतसँग सन्तुलित सम्बन्ध राख्ने प्रधानमन्त्री ओलीको प्रतिवद्धता

शनिबार, ०९ भदौ २०७५, १६ : ५६
चीन र भारतसँग सन्तुलित सम्बन्ध राख्ने प्रधानमन्त्री ओलीको प्रतिवद्धता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले तीव्रत्तर आर्थिक र सामाजिक विकास गर्ने लक्ष्य हासिल गर्ने गरी काम गरिरहेको बताउनुभएको छ ।
शनिबार भक्तपुरको खरिपाटीमा मदन भण्डारी एसियाली विद्यालयको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले बहुमत प्राप्त कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारको ध्यान मुलुकको समृद्धिमा केन्द्रित भएको बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले भावी पुस्तालाई नेपालको तीव्रत्तर आर्थिक, सामाजिक र सांस्कृतिक विकास देखाउने गरी समृद्धिको लक्ष्य हासिल गर्न सक्रिय रुपमा लागिपरेको दावी गर्नुभयो । दुृई ठूला छिमेकी राष्ट्रसँगको सन्तुलित सम्बन्ध स्थापित गरी भारत र चिनबाट मेट्रो रेल सञ्चालनमा ल्याइने समेत उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा नेकपा नेता बामदेव गौतमले नेपालमा दुई तिहाईको कम्युनिष्ट सरकार हुनु विश्वकै महत्वपूर्ण घटना भएको जिकिर गर्नुभयो ।

कार्यक्रममा नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालले मुलुकको समृद्धिको जिम्मेवारी कम्युनिष्ट सरकारको काँधमा आएकाले यो जिम्मेवारीलाई पुरा गरी यस्ता चुनौतीको सामना गरिने बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस