हिन्दुराज्यका लागि पूर्वराजा ज्ञानेन्द्रको दौडधुप ,थाइल्याण्डबाट के–के गरेर फर्किए ?

शनिबार, ०२ भदौ २०७५, १५ : ५१
हिन्दुराज्यका लागि पूर्वराजा ज्ञानेन्द्रको दौडधुप ,थाइल्याण्डबाट के–के गरेर फर्किए ?

फाईल फोटो

काठमाडौं : नेपाललाई हिन्दुराज्य बनाउनुपर्ने लबिङ रहेका पुर्वराजा ज्ञानेन्द्र शाह सहित परिवारका सदस्यहरु दुई साता थाइल्याण्ड बसाईपछि स्वेदश फिर्ता भएका छन् ।
बसाँईका क्रममा पुर्वराजा ज्ञानेन्द्रले नेपालमा हिन्दु राज्य र राजसंस्थाको निर्विकल्पताका विषयमा विभिन्न व्यक्तिसँग छलफल भएको बताइन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग सम्वाद भएको उच्च स्रोतले जनाएको छ ।
सन् २०१९ को निर्वाचनमा बहुमतका साथ सरकार बनाएपछि भारतीय प्रधानमन्त्री मोदीले नेपालमा हिन्दूत्व स्थापनाका लागि निर्मल निवासलाई सहयोग गर्ने संकेत मिलेको बताइन्छ । यसका लागि बैंकक बसाईका क्रममा ज्ञानेन्द्र र मोदीका नजिकका व्यापारी सिद्धार्थ अम्बानीबीच छलफल चलेको थियो ।
त्यस्तै पूर्वराजा ज्ञानेन्द्रले बैंककमा भारतीय गुप्तचर संस्था रअका अधिकारीहरूसँग पनि भेट गरेका थिए ।
पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालमा हिन्दु राज्य र हिन्दुत्वको रक्षाका लागि उपयुक्त वातावरण बनाइदिनका लागि भारतीय अधिकारीहरूलाई निरन्तर आग्रह गरिरहेका छन् । यसअघि उनले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेटेर पनि यहि विषयमा कुराकानी गरेका थिए ।
 

प्रतिक्रिया दिनुहोस