तनहुँमा पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

सफल खबर संवाददाता

सोमबार, २९ साउन २०८०, ०८ : २०
तनहुँमा पहिरोले पृथ्वी राजमार्ग  अवरुद्ध

काठमाडौ । तनहुँमा पहिरोका कारण पृथ्वी राजमार्ग खण्ड पुनः  अवरुद्ध बनेको छ ।

सोमबार बिहान म्याग्दे गाउँपालिका वडा नम्बर ६ मौरीबजारस्थित राजमार्ग सडक खण्डमा पहिरो खसेको हो । 

अबिरल बर्षासँगै सडक माथिबाट पहिरो खस्न गई सडक पूर्ण रुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

उक्त पहिरो हटाउनका लागि स्थानीय पालिका, बिपत् व्यवस्थापन प्रहरी जनशक्ती र चाइनिज कम्पनीसगँ आवश्यक समन्वय भइरहेको प्रहरीको भनाइ छ । 

सो क्षेत्रमा सडक विस्तार भइरहेकाले पटक पटक पहिरो खसेर सडक अवरुद्ध हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस