पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध

सफल खबर संवाददाता

शनिबार, २३ असार २०८०, १६ : २४
पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध

भरतपुर । नारायणगढ- मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउपालिका–६, कालिखोलामा ठूला र ठाउँठाउँमा साना पहिरो खसेपछि सडक अवरुद्ध भएको चितवन प्रहरी प्रमुख रामेश्वर कार्कीले जानकारी दिए। 

जिल्ला प्रहरी कार्यालय चितवनको अनुसार सडक खुलाउन केही समय लाग्ने छ । पहिरोको जोखिम र रात्रीको समयलाई मध्यनजर राखी सजग र सतर्क रहन प्रहरीले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस