काठमाडौं । चालु आवमा बागमती प्रदेशमा डेंगुका ४२ हजार चार सय ५९ बिरामी फेला परेकोमा २७ जनाको मृत्यु भएको छ। डेंगुका बिरामी सबैभन्दा बढी काठमाडौंमा १४ हजार पाँच सय फेला परेको थियो भने सबैभन्दा कम रसुवामा रहेको बागमती प्रदेशका स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा रविन भुसालले जानकारी दिए।
बुधबार बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले आयोजना गरेको प्रदेशका पाँच जिल्लामा डेंगुसम्बन्धी अध्ययनको निष्कर्ष सार्वजनिक कार्यक्रममा उनले यस्तो बताएका हुन्।
कार्यक्रममा कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडाका जुनियर इन्टोमोलोजिष्ट दीपककुमार साहले अध्ययनको निष्कर्षबारे प्रस्तुति दिँदै २०७९ चैत १० देखि २०८० वैशाख १८ गतेसम्म अध्ययन गरिएका पाँच सय ४७ घरधुरीमा एक हजार छ सय २३ पानी भएका भाँडा निरीक्षण गरिएकोमा एक सय ३३ घरधुरीका एक सय ७० पानी भएका भाँडामा डेंगु फैलाउने लामखुट्टेका जीवाणु भेटिएको बताए।
अध्ययनअनुसार डेंगु फैलाउने लामखुट्टेका जीवाणु सबैभन्दा बढी टायरमा भेटिएको थियो भने दोस्रोमा खानेपानी ट्यांकीमा पाइएको थियो। त्यस्तै पानीका जार, पानी भरेर राखिएका ड्रम, पानीका बोतल, गमला, रेफ्रिजरेटर लगायतमा पनि फैलाउने लामखुट्टेका जीवाणु पाइएको छ। फेला परेकामध्ये आठ सय ४५ एडिस एजिप्टाइ छ।
घरबाहिर रहेका पानी जम्ने भाँडा र ठाउँमा डेंगु फैलाउने लामखुट्टेका जीवाणु पाइन्छ भन्ने आम धारणाविपरीत घरभित्र भएका पानीका भाँडा र रेफ्रिजरेटरमा पनि डेंगुको जीवाणु पाइनुले सचेत बढी हुनुपर्ने अवस्था देखिएको अध्ययनकर्ताको भनाइ छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ असार २०८०, २० : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेश : प्रदेश मामिला समितिको सभापतिमा लामा चयन
बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै
रमा आले मगरलाई खेलकुद मन्त्रालयको जिम्मेवारी
बागमती प्रदेश सभाको बजेट अधिवेशन ३१ गते आह्वान गर्न सिफारिस
बागमतीमा आजदेखि तामाङ र नेपाल भाषा पनि सरकारी कामकाजको भाषा
बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा