काठमाडौं। वर्षाका कारण क्षतिग्रस्त बनेको ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलामा बेलीब्रिज निर्माण थालिएको छ ।भौतिक र मानवीय क्षति भएको सो स्थानमा सोमवारदेखि बेलीब्रिज निर्माणको काम अघि बढाइएको हो ।
सोमवारदेखि धमाधम बेलीब्रीजको काम थालिएको मेची राजमार्ग आयोजना प्रमुख विदुर पोखरेलले जानकारी दिए । बेलीब्रिज निर्माण सामग्री निर्माण स्थलमा पुगिसकेको उनले जानकारी दिए । “केही दिनभित्रै यातायात पुनः शुरु हुन्छ”, पोखरेलले भने । आइतवारको बाढीले मेची राजमार्गको ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलाको पुल बगाएको थियो । त्यहाँको यातायात आवागमन ठप्प हुँदा बेपत्ता नागरिकको खोजीमा समस्या भएको छ ।
सोमवार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतीक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, शहरी विकास मन्त्री सीता गुरुङलगायतले बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेका थिए । सो अवसरमा प्रधानमन्त्री दाहालले चाँडो पुल बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ असार २०८०, १६ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ताप्लेजुङमा ट्याक्टर दुर्घटना : १ जनाको मृत्यु, ८ विद्यार्थी घाइते
ताप्लेजुङमा विद्युत् आयोजना बढ्दै
पर्यटकलाई लोभ्याउँदै ताप्लेजुङको तोक्पेगोला
पाथीभरा आउने तीर्थयात्रीको गणना ‘सिसी क्यामेरा’बाट हुने
बाढीपहिरो प्रभावित क्षेत्रमा राहत पुग्यो
ताप्लेजुङमा बाढीपहिरोले सात लघुजलविद्युत् गृह बगाएपछि अन्धकारमा बस्न बाध्य