काठमाडौँ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोप लागेका सन्दीप रायमाझीलाई अदालतमा उपस्थित गराइएको छ ।
बिहीबार बिहान बुटवलबाट काठमाडौँ ल्याइएसँगै उनलाई जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएको हो । विमानबाट काठमाडौँ ल्याउनेबित्तिकै उनलाई अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सीताराम रिजालले जानकारी दिए ।
सन्दीपमाथि नेपालीलाई भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोप छ । यसअघि पक्राउ परेका ५० वर्षीय सानु भण्डारीले टोपबहादुर रायमाझीका छोरा सन्दिप रायमाझीको नाम पनि बयानमा खुलाएका थिए । यस्तै यो प्रकरणमा एमाले सचिव समेत रहेका टोपबहादुर पनि मुछिएका छन् । यो प्रकरणमा उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डेलगायत समेत पक्राउ परिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ बैशाख २०८०, १२ : १९
लेखकबाट थप