काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले आफ्नो अभियानको युवा दस्ता कालोमसो दस्ताका संयोजकलाई पक्रेर सरकारले संविधानप्रदत्त अधिकारमाथि हनन् गरेको बताएका छन् ।
मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अभियानका संयोजक प्रसाईंले सरकारले आफ्नो अभियान कालोमोसो दस्ताका संयोजक शम्भु थापालाई पक्रेर सरकारले अराजकता देखाएको बताएका हुन् । यद्यपि संयोजक थापा पक्राउ परेर पनि छुटिसकेका छन् ।
उनले अन्य राजनीतिक दलका युवा संगठनहरु भएजस्तै आफूहरुको युवा संगठनको रुपमा कालोमोसो दस्ता बनाएको भए पनि दस्ताले हालसम्म कसैलाई कालोमोसो नदलेको पनि उनले बताए ।
‘बैंक, वित्तिय संस्था, लघुवित्त, सहकारीको चर्को ब्याजबिरुद्ध जुन झुन्डिएर मर्नुपर्ने, विष खाएर आत्महत्या गर्नुपर्ने, शरीरमा पेट्रोल खन्याएर आत्मदाह गर्नुपर्ने स्थितिको अन्त्य गर्नको लागि हामीले गरिब, सर्वहारा वर्ग, भुइँमान्छेको लागि यो आवाज उठाएको हो हामीले,’ उनले भने, ‘हिजो यही सर्वहारा वर्ग र भुँइमान्छेको नाम गरेर नेताहरु ठाउँमा पुँगे । नेताहरुले पैसा कमाएर लगेर विदेशका बैंकहरुमा राखे । ५५ जना व्यापारी र १० जना नेताहरुले यो देशमा भाँडभैलो मच्चाएर आज हामी तीन करोड नेपालीहरुमा एक करोड बाहिर बस्नुपर्ने, दुई करोड नेपालीहरु प्रेसर, सुगर, डिप्रेशनको शिकार भएर कतिदिने बाँच्ने भनेर काल पर्खेर बसेको स्थिति । त्यो सबै कुराहरुलाई मध्यनजर गर्दै हामीले अभियान चलाएको । शम्भु थापाको नेतृत्वमा चितवनमा कालोमसो दस्ता भनेर शुरु भएको थियो । तर उहाँहरुले कालोमसो दल्नु भएको थिएन । एउटा दस्ता मात्रै बनाउनुभएको थियो ।’
आफूहरु सर्वहारा वर्गको विरुद्धमा आन्दोलनमा उत्रिएको स्पष्ट बताउँदै आफूले ऋण तिर्नु पर्दैन भनेर नभनेको तर चर्को ब्याजदरमा ऋण तिर्न सक्नेहरुलाई तिर्न पनि आग्रह गरेको स्पष्ट पारे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० फागुन २०७९, १४ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्गा प्रसाइको नेतृत्वमा आज काठमाडौंमा प्रदर्शन हुने