काठमाडौं । यू–१९ क्रिकेट विश्वकपको एशियाली छनोटका लागि नेपाली टिमको घोषणा भएको छ ।नेपाल क्रिकेट संघ क्यानले आउँदो महिना यूएईमा हुने छनोट प्रतियोगिताका लागि ४ बैकल्पिकसहित १८ खेलाडी छनोट गरेको हो ।
टिममा आकाश त्रिपाठी, हेमन्त धामी, अर्जुन कुमाल, दुर्गेश गुप्ता, दीपक बोहरा, गुल्सन झा छन् ।यस्तै देव खनाल उत्तम थापा मगर सुबास भण्डारी, दीपक डुम्म्रे, बिशाल केसी, दीपेश कँडेल र मिलन बोहरा पनि टिममा छन् ।
प्रज्वल थापा, निर्मल थापा, तुलबहादुर थापा र राजेश यादव भने बैकल्पिकको सूचिमा परेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ माघ २०७९, २१ : ४७
लेखकबाट थप